१६ असार २०८३, मंगलबार

प्रतीक प्रधानलाई नोना कोइराला पत्रकारिता पुरस्कार

माघ १४, २०८०
काठमाडौं
प्रतीक प्रधानलाई नोना कोइराला पत्रकारिता पुरस्कार

पत्रकार प्रतीक प्रधान नोना कोइराला पत्रकारिता पुरस्कार–२०८० बाट पुरस्कृत भएका छन् ।​

नोना कोइरालाको १६औं स्मृति दिवसको अवसरमा आइतवार विराटनगरमा आयोजित समारोहमा कांग्रेस नेता डा. शेखर कोइरालाले प्रधानलाई पुरस्कार प्रदान गरेका हुन् । 

व्यावसायिक पत्रकारिताको विकास र लोकतन्त्रको उन्नयनमा  योगदान गरेको भन्दै प्रधानलाई पुरस्कार प्रदान गरिएको हो । मूलधारका अनलाइन सञ्चालकहरूको संस्था डिजिटल मिडिया सोसाइटीका अध्यक्षसमेत रहेका प्रधान बाह्रखरी मिडियाका प्रधानसम्पादक हुन् ।

पुरस्कार वितरण समारोहमा नेता कोइरालाले राजनीतिमा नैतिकता र संस्कार आवश्यक रहेको बताए । पारिवारिक विरासतका रुपमा आफूले त्यो संस्कार सिकेको उनले बताए । 

‘प्रजातन्त्र भनेको चुनावमा जाने, सरकारमा जाने मात्र होइन । नेताहरूलाई मात्र प्रजातन्त्र आयो, अब जनतालाई आउनुपर्छ’, कोइरालाले भने । 

पुरस्कृत पत्रकार प्रधानले आफूले गरेको कामको कदर गरेकोमा धन्यवाद व्यक्त गरे । ‘पुरस्कार पाउनकै निम्ति पत्रकारिता गरिँदैन, कामको कदर स्वरूप पुरस्कृत गरेकामा धन्यवाद’, प्रधानले भने । 

salt training

कमेन्ट गर्नुहोस्