१७ असार २०८३, बुधबार

सुन्दरहरैँचामा पशु खोप कार्यक्रम सुरू

माघ २५, २०८०
मोरङ
सुन्दरहरैँचामा पशु खोप कार्यक्रम सुरू

मोरङको सुन्दरहरैँचा नगरपालिकामा पशुचौपायालाई लाग्न सक्ने रोगबाट बचाउन निःशुल्क खोप अभियान सुरु गरिएको छ । 

   नगरको दिप्सन कृषि फार्मबाट आज खोप अभियानसुरू भएको हो । अभियानको शुभारम्भ गर्दै नगरप्रमुख केदारप्रसाद गुरागाईले कृषकले पालेका पशु चौपायामा लाग्ने रोग नियन्त्रण गरी यसबाट हुने क्षति कम गर्न खोप अभियान सञ्चालन गरिएको बताए । यसका साथै पशु नगर अस्पताल सञ्चालनको अन्तिम तयारीमा रहेको उल्लेख गरे । 

“एकैपटक नगरका १२ वटा वडामै खोप अभियान सुरू हुनेछ”, नगरप्रमुख गुरागाईले भने, “सम्भावित महामारी फैलिन नदिनका लागि पशुचौपायमा पिपिआर तथा खोरेत रोगविरूद्धको खोप सुरू गरिएको हो ।”

गाईभैँसीलाई खोरेतबिरूद्धको खोप लगाइने छ भने बाख्रालाई पिपिआरबिरूद्धको खोप लगाइने नगरपालिकाका पशु प्रवद्र्धन शाखाका प्रमुख किशोर कार्कीले बताए । 

    चिकित्सक र प्राविधिकसहित २२ जनाले किसानका घरघर पुगेर खोप लगाउने जनाइएको छ।

salt training

कमेन्ट गर्नुहोस्