०५ साउन २०८३, मंगलबार

आतङ्कवादी समूहसँग सम्बन्ध रहेको आरोपमा ट्युनिसियामा १९ जना पक्राउ

माघ २७, २०८०
काठमाडौं
आतङ्कवादी समूहसँग सम्बन्ध रहेको आरोपमा ट्युनिसियामा १९ जना पक्राउ

ट्युनिस–ट्युनिसियाले चरमपन्थी धार्मिक सेल (आतङ्कवादी समूह)सँग सम्बन्ध रहेको आरोपमा १९ जनालाई पक्राउ गरेको ट्युनिसियन नेसनल गार्डले शुक्रवार बताएको छ।

नेसनल गार्डको फेसबुक पेजमा पोस्ट गरिएको विज्ञप्तिमा भनिएको छ, ‘सुरक्षा र न्यायिक निकायले खोजी गरेका १९ जनालाई आतङ्कवादी समूहमा संलग्न भएको आरोपमा पक्राउ  गरिएको छ । र ती  पक्राउ परेकालाई १ देखि १० वर्षसम्मको जेल सजाय सुनाइएको छ।

ट्युनिसियाले सन् २०११ देखि बढ्दो आतङ्कवादी गतिविधिहरूको सामना गर्दै आएको छ । आतङ्कवादी गतिविधिमा थुप्रै सुरक्षा र सैन्य कर्मचारीहरूका साथै नागरिक र विदेशी पर्यटकहरू पनि मारिएका छन्।

कमेन्ट गर्नुहोस्