०७ असार २०८३, आइतबार

क्यानडामा निधन भएका दुई नेपालीको सनाखत

फागुन ३, २०८०
काठमाडौं
क्यानडामा निधन भएका दुई नेपालीको सनाखत

क्यानाडाको अन्टारियोमा भएको कार दुर्घटनामा मृत्यु भएका दुई नेपाली विद्यार्थीको सनाखत भएको छ ।  दुर्घटनामा परेर मृत्यु हुनेमा सिन्धुपाल्चोकका सुशील भट्टराई र गुल्मीकी पासाङ डोमा शेर्पा रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए), क्यानाडाको लण्डन क्षेत्रका संयोजक कुबेर बुर्लाकोटीले जानकारी दिए । 

स्टाडफोर्ड, अन्टारियोको एक मोटर पार्टस् निर्माण गर्ने कम्पनीमा बिहानको सिफ्टमा काम गर्न जाँदै गरेका उनीहरू दुर्घटनामा परेका थिए ।

दुर्घटनामा केही व्यक्ति घाइते भएका छन् । जसमा कार चालक मधु थापा, हिरामणि गौतम, जुना लामा लगायत घाइते छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। 

अन्टारियो प्रान्तको दक्षिणपश्चिमी शहर लण्डनमा तीनवटा कार आपसमा ठोक्किएर दुर्घटना भएको जनाइएको छ । 
 

कमेन्ट गर्नुहोस्