काठमाडौं, २८ पुस– राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रमुख तीन दलको बैठक शीतल निवासमा चलिरहेको छ ।

सरकारले संविधान संशोधन प्रस्ताव अघि बढाइसकेको भएपनि सोबारे सत्तापक्ष र प्रतिपक्षबीच विवाद जारी रहेको बेला नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीचको छलफल चलिरहेको हो । छलफल संविधान संशोधन, निर्वाचनको घोषणलगायतका विषयमा केन्द्रीत रहेको शीतल निवास स्रोतले जनाएको छ ।
बैठकमा राष्ट्रपतिसहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेससभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीको सहभागिता रहेको छ ।