१० असार २०८३, बुधबार

दाउराले हानेर छोराद्वारा आमाको हत्या

कात्तिक २०, २०७४
दाउराले हानेर छोराद्वारा आमाको हत्या


दोलखा, २२ असोज - भीमेश्वर नगरपालिका–८ का कुमार बस्नेतले आमालाई दाउराले टाउकोमा प्रहार गरीे आज हत्या गरेका छन् ।arrest

बारीमा घाँस काटिरहेको अवस्थामा आमा खड्गमाया बस्नेतलाई ३५ वर्षीय कुमारले दाउराले टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो । खड्गमायाको घटनास्थलमै मृत्यु भएको थियो । प्रहरीले कुमारलाई पक्राउ गरी अनुसन्धान थालेको छ ।

salt training

कमेन्ट गर्नुहोस्