०५ साउन २०८३, मंगलबार
दोस्रो एकदिवसीय क्रिकेट

आयरल्यान्ड 'ए'ले दियो नेपाल 'ए'लाई १७५ रनको लक्ष्य

चैत २३, २०८०
काठमाडौं
आयरल्यान्ड 'ए'ले दियो नेपाल 'ए'लाई १७५ रनको लक्ष्य

दोस्रो एकदिवसीय खेलमा आयरल्याण्ड ‘ए’ले नेपाल 'ए'लाई १७५ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्ड ‘ए' ३८.४ ओभरमा १७४ रनमा अलआउट भएको हो । 

आयरल्यान्डका गाभिन होइले अर्धशतक बनाए ।  उनले सर्वाधिक ५० रन बनाए । लियम म्याकार्थीले ३५ रन थपे । कप्तान निल रकले ४५ र पेटर मुरले १७ रन बनाए ।

नेपालका साहब आलम र रिजन ढकालले तीन–तीन विकेट लिए । मौसम ढकालले दुई विकेट लिँदा कमलसिंह ऐरीले एक विकेट लिए । 

यसअघि एकदिवसीय शृंखलाको पहिलो खेलमा एविरुद्ध नेपाल ‘ए’ २१ रनले पराजित भएको थियो । आजको खेलपछि शृंखलाको अन्तिम खेल आउँदो आइतबार हुनेछ । 

यसअघि नेपाल ‘ए’सँगको ट्वान्टी–२० शृंखला आयरल्यान्ड एले २–१ ले जितेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्