११ साउन २०८३, सोमबार
१५ मिनेटपछि शुरू भएन

प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित

चैत २७, २०८०
काठमाडौं
प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित

प्रतिनिधिसभाको बैठक सूचना टाँसेर बुधबारसम्मका लागि स्थगित गरिएको छ ।

यसअघि मंगलवार १५ मिनेटका लागि स्थगित भएको बैठक शुरू हुन एकदिन पछि सरेको हो ।

null

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठकमा अवरोध गरेपछि १५ मिनेटको लागि स्थगित गरिएको थियो । 

बैठक स्थगित गरेर सभामुख देवराज घिमिरेले नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लगायत दलका नेताहरूसँग छलफल गरेका थिए ।

कांग्रेस उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउने मागबाट पछि नहटेपछि छलफल निष्कर्षमा पुग्न सकेन । यसपछि सूचना टाँसेर स्थगित गरिएको बैठक बुधवार बिहान ११ बजेका लागि बोलाइएको छ ।

सहकारी ठगीको आरोप लागेका गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्ने-नगर्ने विषयलाई लिएर सत्ता प्रतिपक्षका सांसद आमने–सामने भएका छन् । 

मंगलवार बसेको प्रतिनिधिसभा बैठकमा सभामुखले सत्तापक्षका सांसदलाई बोल्न समय दिएपछि प्रतिपक्षी सांसदले संसद्मा होहल्ला गरेका थिए । बैठकमा गृहमन्त्री लामिछाने भने उपस्थित थिए ।

salt training

कमेन्ट गर्नुहोस्