३१ असार २०८३, बुधबार

रहेनन् पूर्वमुख्यसचिव शाक्य

बैशाख ५, २०८१
काठमाडौं
रहेनन् पूर्वमुख्यसचिव शाक्य

 पूर्वमुख्यसचिव तीर्थमान शाक्यको निधन भएको छ । नेपाल कानुन समाजका अध्यक्षसमेत रहेका शाक्यको क्यान्सरसम्बन्धी रोगको उपचारका क्रममा आज बिहान ग्वार्काेस्थित बिएण्डबी अस्पतालमा निधन भएको हो ।  लोकसेवा आयोगका पूर्वअध्यक्ष शाक्य ८१ वर्षका थिए ।

उनी डेढ महिनाअघि मात्र भारतको दिल्लीमा स्वास्थ्य परीक्षण गरी स्वदेश फर्किएका थिए । नेपालको कानुनको मस्यौदा कार्यमा दख्खल प्राप्त गरेका उनी कानुन, न्याय  तथा संसदीय मामिला मन्त्रालयको सचिवसमेत थिए । 

पूर्वसचिव गोपीनाथ मैनालीका अनुसार लोकसेवा आयोगमा रहँदा उनको नेतृत्वमा पदपूर्ति प्रणालीमा सुधारका थुप्रै काम भएका थिए 

salt training

कमेन्ट गर्नुहोस्