२९ जेठ २०८३, शुक्रबार

सरकारको आम्दानीभन्दा खर्च दुई खर्बले बढी

जेठ २, २०८१
काठमाडौं
सरकारको आम्दानीभन्दा खर्च दुई खर्बले बढी

चालु आर्थिक वर्षको नौ महिना पूरा हुँदासम्म सरकारले आम्दानीभन्दा दुई खर्ब रुपियाँ बढी खर्च गरेको छ । 

महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले चैतसम्म आठ खर्ब ५७ अर्ब रुपियाँ आम्दानी गर्दा १० खर्ब ५६ अर्ब ८९ करोड रुपियाँ खर्च गरेको हो । लक्ष्य अनुरूप राजस्व सङ्कलन हुन नसकेपछि सरकारी वित्त घाटा झन् फराकिलो भएको हो । 

कार्यालयका अनुसार चैतसम्म लक्ष्यको ५८.२ प्रतिशत मात्र आम्दानी भएको हो । आम्दानी शीर्षकमध्ये सबैभन्दा धेरै राजस्व शीर्षकमा आठ खर्ब ३१ अर्ब ९३ करोड रुपियाँ सङ्कलन भएको छ । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्