०६ साउन २०८३, बुधबार

नेपाललाई चिनाउने प्रभावकारी माध्यम चलचित्र हो : सञ्चारमन्त्री शर्मा

असार १६, २०८१
काठमाडौं
नेपाललाई चिनाउने प्रभावकारी माध्यम चलचित्र हो : सञ्चारमन्त्री शर्मा

 सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाललाई चिनाउने प्रभावकारी माध्यम चलचित्र रहेको बताएकी छन् । 

आज चाबहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा आयोजित २४औँ वार्षिकोत्सव कार्यक्रमका उद्घाटन गर्दै मन्त्री शर्माले चलचित्रलाई आमसञ्चारको सशक्त माध्यमको रुपमा व्याख्या गरिन् । उनले भनिन्, “हामीले पढाएर वा सुनाएर भन्ने कुरालाई श्रव्यदृश्यका माध्यमले सहजै बुझाउन सकिन्छ । देशमा भएको परिवर्तन र ऐतिहासिक घटनाक्रम तथा देशलाई योगदान दिएका व्यक्तित्वलाई लिएर निर्माण भएका चलचित्रलाई हामीले सघाउने घोषणा पनि गरिसकेका छौँ । किनकि चलचित्र मनोरञ्जन मात्र नभई सन्देश प्रवाह गर्ने प्रभावकारी माध्यम पनि हो ।”

उनले विसं २०२६ मा तयार भई लागू भएको चलचित्र ऐनलाई परिमार्जन गर्नुपर्नेमा आफू र सरकार स्पष्ट रहेको र त्यसका लागि प्रक्रिया अगाडि बढाइएको जानकारी दिइन् । 
बोर्डको २४औँ वार्षिकोत्सवको अवसरमा उत्कृष्ट कर्मचारीलाई सम्मान, चलचित्र मञ्च २०८० लोकार्पण, बोर्डको नयाँ लोगो सार्वजनिक, महिला चलचित्रकर्मीको अभिलेख समेटिएको पुस्तक विमोचनलगायत कार्यक्रम गरिएका थिए । 

कमेन्ट गर्नुहोस्