
काठमाडौं, ८ कात्तिक — विगत केही समययता चीनले विकासको दममा सारा संसारको ध्यान आफूतिर खिचेको छ । हरेक ठूला सेक्टरमा चीनले आफ्नो प्रभाव जमाएको छ ।

चीनले संसारकै सबभन्दा पहिलो लीगरहित रेल सडकमा परीक्षण गरेको छ । यो चमत्कार देखाएर चीन नयाँ गन्तव्यमा पुगेको छ ।
सोमवार चीनले हेनान प्रान्तको झुझोउमा ट्य्राकरहित रेलको सफल परीक्षण गरेको थियो । यसैमार्फत चीनले संसारको पहिलो इन्टेलिजेन्ट रेल एक्सप्रेस सिस्टम विकास गर्ने योजना बनाएको छ ।
यो रेल चीनको सीआरआरसी कर्पोरेसनले बनाएको हो । तीस मिटर लामो ट्रेनमा तीनवटा चेयर कार लगाइएको छ र आवश्यकताबमोजिम यसलाई बढाउन सकिन्छ । यसमा एकचोटिमा ३०० देखि ५०० यात्रु चढ्न सक्छन् ।
ट्रेनको सबभन्दा खास कुरा भनेको यो वातावरणमैत्री छ । एकचोटि पूरा चार्ज भएपछि रेल ४० किलोमिटरसम्म गुड्न सक्छ । रेलको सबभन्दा तीव्र गति ७० किलोमिटर प्रतिघन्टा छ ।
यो रेल बनाउने चीफ इन्जिनियर फेङ जिआंघुआका अनुसार, ट्य्राकलेस ट्रेन सिस्टम अन्य मेट्रो वा मोनोरेलको तुलनामा सस्तो प्रविधि हो ।
ट्रेनमा सेन्सर टेक्नोलोजी प्रयोग गरिएको छ । यसले ट्रेन आफैं बाटो पत्ता लगाएर अघि बढ्न सक्छ ।
अर्को वर्षसम्ममा यस्तो रेल चीनभरि दौडिनसक्ने सम्भावना छ ।
एजेन्सी