१६ असार २०८३, मंगलबार

चीनमा पहिरोमा परी ११ जनाको मृत्यु, एक बेपत्ता

साउन १३, २०८१
काठमाडौं
चीनमा पहिरोमा परी ११ जनाको मृत्यु, एक बेपत्ता

साङ्घाई– मध्य चीनको हुनान प्रान्तमा आएको आकस्मिक बाढीले निम्त्याएको पहिरोबाट स्थानीय अतिथिगृह ध्वस्त भएर ११ जनाको मृत्यु भएको छ । साथै कम्तीमा एकजना अझै बेपत्ता रहेको चिनियाँ राष्ट्रिय सञ्चारमाध्यम (सीसीटीभी)ले आइतवार जनाएको छ । 

आधिकारिक प्रसारणकर्ता सीसीटीभीले पहिरोमा १८ जना पुरिएको प्रारम्भिक जानकारी उपलब्ध गराएको थियो । आइतवार दिउँसोसम्म ११ जनाको शव निकालिएको र ६ जना घाइतेको उद्धार गरिएको बताइएको छ । 

घटनास्थलमा २४० भन्दा बढी आपतकालीन कर्मचारी परिचालन गरिएको र उद्धार कार्य जारी रहेको सीसीटीभीले समाचारमा उल्लेख गरेको छ ।  

यस महिनाको शुरूमा उत्तर र दक्षिणपश्चिममा आएको आकस्मिक बाढीले कम्तीमा २० जनाको ज्यान लिएको थियो । 

गत मेमा दक्षिणी चीनमा केही दिनको लगातार वर्षाका कारण राजमार्गको पुल खस्दा ४८ जनाको मृत्यु भएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्