०३ साउन २०८३, आइतबार

भारतीय रक्षामन्त्री सिंहसँग कांग्रेस सांसद चन्दा चौधरीको भेटवार्ता

साउन २०, २०८१
काठमाडौं
भारतीय रक्षामन्त्री सिंहसँग कांग्रेस सांसद चन्दा चौधरीको भेटवार्ता

नेपाली कांग्रेसकी सांसद एवं नेपाल–भारत महिला मैत्री समाजकी अध्यक्ष चन्दा चौधरीले भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेकी छिन् । भारत भ्रमणमा रहेकी चौधरीले आइतवार नयाँ दिल्लीमा भारतीय रक्षामन्त्रीसंग भेटवार्ता गरेकी हुन् । 

भारतीय जनताा पार्टी (भाजपा)का वरिष्ठ नेतासमेत रहेका सिंहसँग दुईदेशको आपसी सम्बन्धको विषयमा छलफल भएको चौधरीले जानकारी दिइन् । नेपाल–भारतबीच सदियौँदेखि मित्रता रहेको र दुइदेशका जनताबीचको सम्बन्ध अझै प्रगाढ बनाउनु पर्ने नेता सिंहले बताएका थिए । 

‘नेपाल र भारतबीच जनस्तरको सम्बन्ध सदिऔंदेखि चलिरहेको छ, हामी नेपाली जनताको उन्नतीको लागि सहयोग गर्न हमेसा तयार छौं’ मन्त्री सिंहको भनाइ उदृद्ध गर्दै अध्यक्ष चौधरीले लोकान्तरसँग भनिन् ।

अध्यक्ष चौधरीले नेपाल–भारत सीमा क्षेत्रमा नागरिकलाई दुवै देशले विशेष सुविधा उपलब्ध गराउनु पर्ने कुरा भारतीय रक्षामन्त्री सिंहसंग राखेकी थिइन् । अहिले पनि सीमा क्षेत्रका जनताले केही सुविधा पाइरहेको तर विभिन्न झन्झट रहेको भन्दै सो हटाउन भारत सरकारसँग उनले आग्रह गरेकी थिइन् ।

१३ वर्षदेखि नेपाल भारत महिला मैत्री समाजको अध्यक्षको रूपमा सीमा क्षेत्रमा नागरिकले भोगेको कुरा राखेको चौधरीले बताइन् । ‘सीमा क्षेत्रको ३० मिलोमिटर क्षेत्रका नागरिकलाई दुवै देशले विशेष सुविधा दिनुपर्ने माग राखेकी छु’ चौधरीले भनिन् । 

नेपाल–भारत महिला मैत्री समाजकी अध्यक्ष चौधरीले वित्त राज्यमन्त्री पंकज चौधरी, वीजेपी संसदीय दलका प्रमुख सचेतक डा सञ्जय जयसवालसँग पनि भेटवार्ता गरेकी छिन् ।

यसैगरी बिहारका पूर्व उपमुख्यमन्त्री माननीय तारकिशोर प्रसाद, नवीकरणीय ऊर्जा मंत्रालयका राज्यमन्त्री श्रीपद येसो नायक तथा जदयूका उप नेता दिलेश्वर कामतसँग पनि चौधरीले भेटवार्ता गरेकी छिन् । दिल्लीमा भाजपाका अन्य नेतासँग पनि उनले भेटवार्ता गर्ने कार्यक्रम छ ।

nullnullnullnullnullnullnull

salt training

कमेन्ट गर्नुहोस्