२६ जेठ २०८३, मंगलबार
बंगलादेशमा संकट

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाद्वारा राजीनामा, देश छाडिन् !

साउन २१, २०८१
काठमाडौं
बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाद्वारा राजीनामा, देश छाडिन् !
फाइल फोटो

विद्यार्थीहरूको आन्दोलन चर्किएपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छन् ।

उनले आफ्नी बहिनीसहित देश छाडेको बीबीसी बंगलालाई उद्धृत गर्दै बीबीसी हिन्दीले लेखेको छ ।

समाचारमा जनाइएअनुसार प्रदर्शनकारीको भीड प्रधानमन्त्री निवासमा प्रवेश गरेको छ ।

यसअघि जुलाईदेखि बंगलादेशमा विद्यार्थी आन्दोलनरत छन् । देशका अधिकांश ठूला सरकारी जागिरमा रहेको कोटा खारेज गर्नुपर्ने विद्यार्थीको माग छ ।

विद्यार्थी आन्दोलनपछि शेख हसिना सरकारले केही कोटा घटाए पनि विद्यार्थीहरू निरन्तर हिंसाका बीच प्रधानमन्त्री शेख हसिनाको राजीनामाको मागमा अडिग थिए ।

पछिल्लो आन्दोलनका कारण बंगलादेशमा हालसम्म करिब ३ सय जनाको मृत्यु भइसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्