
शेख हसिनाले प्रधानमन्त्रीबाट राजीनामा दिएर देश छाडेपछि बंगलादेशमा अन्तरिम सरकार बन्ने भएको छ ।
बंगलादेशी सेना प्रमुख जनरल वकार–उज–जमानले सञ्चारमाध्यमलाई सम्बोधन गर्दै अन्तरिम सरकार बन्ने बताएका हुन् ।
राजधानी ढाकामा रहेको प्रधानमन्त्री शेख हसिनाको सरकारी निवासमा हजारौं प्रदर्शनकारी प्रवेश गरेको बीबीसी बंगलालाई उद्धृत गर्दै बीबीसी हिन्दीले लेखेको छ ।
बंगलादेशमा आरक्षणलाई लिएर चलिरहेको आन्दोलन सोमबार थप आक्रामक बनेपछि हसिना देश छाड्न बाध्य भएकी हुन् ।
उनी सैन्य हेलिकप्टरमा भारतको त्रिपुरा राज्यको राजधानी अगरतला पुगेको बीबीसीले उल्लेख गरेको छ ।
‘लङ मार्च टु ढाका’ का नाममा सोमबार ठूलो मार्च निस्किएको छ ।
सडकमा सेना तैनाथ गरिए पनि र्याली रोक्न नसकेको र दिउँसोदेखि नै प्रहरीको उपस्थिति न्यून देखिएको समाचारमा उल्लेख छ ।