०३ साउन २०८३, आइतबार
नजिकिँदो चाडबाड

दशैंका लागि पोहोरभन्दा कम खसीबोका ल्याउँदै खाद्य व्यवस्था, च्यांग्राको छैन टुंगो

भदौ १०, २०८१
काठमाडौं
दशैंका लागि पोहोरभन्दा कम खसीबोका ल्याउँदै खाद्य व्यवस्था, च्यांग्राको छैन टुंगो

​दशैंतिहारका लागि हरेक वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खाद्य सामग्री तथा खसीबोका सहुलियतमा विक्री गर्दै आइरहेको छ । 

यस वर्षको दशैंतिहारका लागि पनि कम्पनीले १२ सय खसीबोका ल्याउने तयारी गरेको छ । यस वर्ष १ हजारदेखि १२ सयसम्म मात्रै खसीबोका ल्याइने खाद्य व्यवस्था तथा व्यापार कम्पनी केन्द्रीय कार्यालयकी विभागीय प्रबन्धक अम्बिका पौडेलले जनाकारी दिइन् । 

उनका अनुसार यस वर्ष असोजको पहिलो हप्तादेखि सहुलियतमा सर्वसाधारणले खाद्य सामानहरू खरिद गर्न पाउनेछन् ।

गत वर्ष खसीबोका र च्यांग्रा बिकेनन्

गत वर्षको दशैंतिहारका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ५४२ च्यांग्रा खरिद गरी बिक्रीका लागि ल्याएको थियो, जसमध्ये ४६ वटा च्यांग्रा बिक्री नभएर खाद्य व्यवस्था तथा व्यापार कम्पनीको कार्यालयमै थन्किए ।

त्यस्तै, खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खसीबोका १९ सयमा खरिद गरी बिक्रीका लागि काठमाडौं उपत्यकामा झारेको थियो । कम्पनीका अनुसार दशैं र तिहारमा ११ सय मात्रै खसीबोका बिक्री भएका थिए । 

यसवर्ष पनि गत वर्षकै जस्तो बिक्री नहुने अवस्था सिर्जना हुन दिन कम खसीबोका खरिद गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनीकी विभागीय प्रबन्धक अम्बिका पौडेलले बताइन् । 

पौडेलले भनिन्, ‘गत वर्ष हामीले सहुलियतमा सर्वसाधारणहरूका लागि २ हजारको हाराहारीमा खसीबोका खरिद गरेका थियौं । तर, ११ सयको हाराहारीमा मात्रै बिक्री भए । त्यसैले यस वर्ष हामीले अलिक कम नै खरिद गर्ने योजना बनाइरहेका छौं ।’

गत वर्ष बिक्रीका लागि ल्याइएका च्यांग्रा मरेपछि यस वर्ष छैन टुंगो

गत (२०८०) पुस १९ गते खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा राखिएका २० वटा च्यांग्रा मृत भेटिए । खाद्य व्यवस्था तथा व्यपार कम्पनीले दशैंतिहारका लागि ल्याएका ५४२ च्यांग्रामध्ये बिक्री नभएका ४६ च्यांग्रा कम्पनीमै राखिएको थियो । 

null

जसमध्ये २० वटा कुकुरको टोकाइबाट मरेका थिए । त्यसपछि पनि ४ वटा च्यांग्रा बिरामी परेर मरे । बाँकी २२ च्यांग्रा कम्पनीले खरिद गरेकोभन्दा कम मूल्यमा बिक्री गरिदियो । गत वर्ष यस्तो घटना भएपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खसीबोका १२ सयको हाराहारीमा काठमाडौं भित्र्याउने बताएको छ । च्यांग्राको भने टुंगो छैन ।

देशभर सर्वसाधारणले सहुलियत दरमा के–के पाउँछन् ?

यस वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनीले देशभर ५ हजार मेट्रिक टन चामल बिक्री गर्ने जनाएको छ । प्रतिकिलो ५ रुपैयाँ सहुलियत दिएर बिक्री गर्ने योजना रहेको कम्पनीले जानकारी दिएको छ ।

त्यस्तै, कम्पनीले तेलमा ७ रुपैयाँ सहुलियत दिनेछ । खसीबोका तथा च्यांग्राहरूमा प्रतिकेजी १० रुपैयाँ सहुलियत प्रदान गरिनेछ । 

त्यस्तै, दालमा ५ रुपैयाँसम्म र अन्य खाद्यान्नमा ५ देखि १० रुपैयाँसम्म सहुलियत दिइनेछ । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको प्रधान कार्यालयसँगै ७ प्रादेशिक कार्यालय कार्यालय, ५ मुख्य शाखा कार्यालय, २५ शाखा कार्यालय र २५ डिपो सञ्चालनमा छन् ।

यी स्थानबाट सर्वसाधारणहरूले सहुलियत मूल्यमा खाद्य सामाग्री खरिद गर्न सक्छन् । 

बागमती प्रदेशको प्रादेशिक कार्यालय थापाथलीमा रहेको छ ।

काठमाडौं उपत्यकाभित्र नख्खु, ललितपुर, रामशाहपथ सिंहदरबारको पश्चिम गेटनजिक र भक्तपुरको सूर्यविनायकमा रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्