१५ असार २०८३, सोमबार

काँग्रेसको प्रचारप्रसार उपसमिति: गगन थापादेखि किशोर नेपालसम्म

कात्तिक २२, २०७४
काँग्रेसको प्रचारप्रसार उपसमिति: गगन थापादेखि किशोर नेपालसम्म

काठमाडौँ, २२ कात्तिक -प्रमुख सत्तारुढ दल नेपाली काँगे्रसले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन– २०७४ का लागि गठित केन्द्रीय निर्वाचन प्रचारप्रसार समन्वय उपसमितिलाई पूर्णता दिएको छ । 

काँग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँडको संयोजकत्वमा गठित पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिले केन्द्रीय सदस्य गगनकुमार थापा संयोजकत्वको प्रचारप्रसार उपसमितिलाई आज पूर्णता दिएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । 

कूल ४३ सदस्यीय उपसमितिको सहसंयोजकमा बद्री पाण्डे, उपसंयोजकमा बद्री सिग्देल र सदस्यमा होमनाथ दाहाल, पुरुषोत्तम बस्नेत, शोभाकर पराजुली, हरिहर विरही, किशोर नेपाल, तारानाथ दाहाल, डा सुुरेश आचार्य र धर्मेन्द्र झा रहनुभएको छ । 

त्यस्तै सदस्यमा डा तुलसीप्रसाद भट्टराई, पुरुषोत्तम दाहाल, तेजप्रकाश पण्डित, श्रीआचार्य, हरिविनोद अधिकारी, देवप्रकाश त्रिपाठी, कवीर राणा, तीर्थ थापा, श्रवण मुकारुङ, हरि अधिकारी, रमेश तुफान, कुलचन्द्र वाग्ले, मुरारीकुमार शर्मा, मोहन ज्ञवाली, समीरजंग शाह, कृष्ण केसी र परसु घिमिरे हुनुहुन्छ । 

उपसमितिमा डा सुधांशु दाहाल, गोपाल झा, अजयबाबु शिवाकोटी, विनकुमार विश्वकर्मा, डा लोक भट्टराई, वसन्त प्रकाश उपाध्याय, सहजमान श्रेष्ठ, रमेश विष्ट, प्रकाश थापा, प्रकाश रिमाल, दामोदर दवाडी, गोविन्द परियार, महेन्द्र अर्याल, चन्द्र ढकाल र ठाकुर सिम्खडा सदस्य हुनुहुन्छ । रासस

salt training

कमेन्ट गर्नुहोस्