२४ जेठ २०८३, आइतबार

रोनाल्डोको दुई गोलको मद्दतमा पोर्चुगलले पोल्याण्डलाई हरायो

मंसिर १, २०८१
काठमाडौं
रोनाल्डोको दुई गोलको मद्दतमा पोर्चुगलले पोल्याण्डलाई हरायो

यूईएफए नेशन्स लिग फुटबलमा पोर्चुगलले पोल्याण्डलाई हराएको छ । गएराति भएको खेलमा पोर्चुगलले पोल्याण्डलाई ५–१ गोल अन्तरले हराएको हो । 

पोर्चुगलको जितमा  क्रिष्टियानो रोनाल्डोले दुई गोल गरे । उनले अहिलेसम्म १३५  अन्तर्राष्ट्रिय गोल गरेका छन्  । यो कुनै पनि खेलाडीले गरेको सर्वाधिक गोल सङ्ख्या हो ।

यसैगरी पोर्चुगलका रफाएल लिआओ, ब्रुनो फर्नानडेज र पेड्रो नेटोले एक/एक गोल गरेका थिए । पोल्याण्डका लागि डोमिनिक मार्कजुकले एक मात्रै सान्त्वना गोल गरे । 

जितसँगै पोर्चुगलले समूह एकका ५ खेलमा १३ अंक हासिल गर्दै शीर्ष स्थानमा रहेको छ । पोल्याण्डको भने ५ खेलमा ४ अंक छ र समूहमा तेस्रो स्थानमा छ ।अब पोर्चुगलले नेसन्स लिगको समुह चरणको अन्तिम खेलमा नोभेम्बर १९ मा क्रोसियासँग खेल्ने । सोही दिन पोल्याण्डले भने स्कटल्याण्डको सामना गर्ने छ ।

यसैगरी, अर्को खेलमा क्रोएसियाले स्कटल्याण्डलाई २–१ गोलले हरायो ।  समूह ‘ए’ मा पोर्चुगल १३ अङ्कसहित शीर्ष स्थानमा छ, क्रोएसिया ७ अङ्कसहित दोस्रो, पोल्याण्ड चार अङ्कसहित तेस्रो र स्कटल्याण्ड चौथो स्थानमा छ ।

अर्को खेलमा स्पेनले डेनमार्कलाई २–१ गोलले हरायो । स्वीट्जरल्याण्ड र सर्बियाले बराबरी खेलेका छन् । यस्तै बुल्गेरियाले लक्जेम्बर्गलाई तथा नर्दन आइसल्याण्डले बेलारुसलाई हराएका छन् । सान मारियो र गिब्रल्टरले बराबरी खेलेका छन्  । 

salt training

कमेन्ट गर्नुहोस्