१० असार २०८३, बुधबार

अब नेपालमा ओमानी रियाल पनि खरिद बिक्री हुने

मंसिर ७, २०८१
काठमाडौं
अब नेपालमा ओमानी रियाल पनि खरिद बिक्री हुने

अब ओमानको मुद्रा पनि नेपालमा खरिद बिक्री हुने भएको छ । केन्द्रीय बैंकले एकीकृत परिपत्र, २०८० मा संशोधन गर्दै ‘ओमानी रियाल’ थप भएको जनाएको छ ।

नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका कामु कार्यकारी निर्देशक राजेन्द्र भट्टराईका अनुसार विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६३ ले दिएको अधिकार प्रयोग गरी उक्त मुद्रालाई नेपालमा कारोबारका लागि थप गरिएको छ ।

हाल नेपालभर विभिन्न २१ वटा विदेशी मुद्राको खरिद बिक्री हुँदै आएको छ । 

ओमानी रियालको खरिद बिक्री शुरू भएपछि वैदेशिक रोजगारीका लागि ओमान पुगेको नेपाली नागरिकका लागि थप सहज हुने बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्