२५ जेठ २०८३, सोमबार

रिलिजअघि नै अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ ले अमेरिकामा कीर्तिमान बनायो

मंसिर ११, २०८१
काठमाडौं
रिलिजअघि नै अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ ले अमेरिकामा कीर्तिमान बनायो

साउथ सुपरस्टार अल्लु अर्जुन अभिनित फिल्म ‘पुष्पा २: द रुल’ले रिलिज हुनुअघि नै बक्सअफिसमा नयाँ रेकर्ड बनाएको छ ।

फिल्मको अमेरिकामा भइरहेका अग्रिम बुकिङले अपेक्षाभन्दा धेरै अगाडि मात्र नभएर ‘आरआरआर’ र ‘जवान’जस्ता ठूला फिल्मलाई पनि पछाडि पारेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

फिल्म रिलिज हुन अझै १० दिन बाँकी छ तर यसको अग्रिम बुकिङको आँकडाले १४ मिलियन डलर नाघेको छ, जुन आफैंमा ठूलो रेकर्ड हो ।

'पुष्पा २' ले अहिलेसम्म अमेरिकाका ९०० स्थानमा ३४२० शोमा करिब ११ करोड रुपैयाँको अग्रिम बुकिङ गरेको छ । योसँगै फिल्मले करिब ५० हजार टिकट बिक्री गरिसकेको छ । 

‘पुष्पा २’ले छिट्टै शाहरुख खानको फिल्म पठानलाई पनि उछिन्ने विश्लेषकहरू बताउँछन् । 

‘पुष्पा २’ आगामी डिसेम्बर ५ मा रिलिज हुँदैछ ।

फिल्मको गीत र ट्रेलरले निकै चर्चा कमाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्