०७ असार २०८३, आइतबार

कवाड व्यवसायी समाजले बुझायो मानव अधिकार आयोगका अध्यक्षलाई ज्ञापनपत्र​

फागुन ४, २०८१
काठमाडौं
कवाड व्यवसायी समाजले बुझायो मानव अधिकार आयोगका अध्यक्षलाई ज्ञापनपत्र​

कवाड व्यवसायी समाजले राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरलाई ज्ञापनपत्र बुझाएको छ।

समितिका अध्यक्ष रामकेवल गुप्ता, नेता मनोहर जैसवाल, सुरेश साह, गणेश साहलगायतको टोलीले आइतबार आयोगका अध्यक्ष मगरलाई ज्ञापन पत्र बुझाएको हो ।​​

स्वतन्त्ररूपमा आफ्नो पेशा/व्यवसाय गर्न पाउने हकको माग गर्दै ज्ञापन पत्र बुझाइएको समाजका अध्यक्ष गुप्ताले जानकारी दिए ।

काठमाडौं महानगरपालिकाको प्रहरीले दादागिरी शैलीमा कुटपिट गर्दा व्यवसायी अङ्गभङ्ग भएको समाजको पत्रमा उल्लेख छ ।

महानगरको व्यवहारले व्यवसायी शारीरिक र मानसिक दबाब झेल्न बाध्य बनेका अध्यक्ष गुप्ताले जानकारी दिए ।

null

कमेन्ट गर्नुहोस्