३२ असार २०८३, बिहीबार

पुष्प होली उत्सव मनाइयो

चैत १, २०८१
काठमाडौं
पुष्प होली उत्सव मनाइयो

 इस्कोन नेपालले फाल्गुण गौरा पूर्णिमाको अवसरमा भगवान श्री चैतन्य महाप्रभुको प्राकट्य तिथि विशेष रूपमा मनाएको छ। शुक्रबार बुढानीलकण्ठमा हजारौं भक्तजनहरूको उपस्थितिमा पुष्पको होलीसहित विशेष अभिषेक, संगीतमय कीर्तन, प्रवचन तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको हो।

बिहान ४:३० बजे सुरु भएको कार्यक्रम नगर-कीर्तनसहित बुढानिलकण्ठस्थित भगवान नारायणको परिक्रमा गरिएको थियो। इस्कोन नेपालले जातीय विभेद रहित समाजसेवामूलक कार्यहरू गर्दै आएको छ, जसअन्तर्गत भोजन वितरण, अस्पताल, पाठशाला तथा गुरुकुल सञ्चालन भइरहेको छ।

salt training

कमेन्ट गर्नुहोस्