२२ असार २०८३, सोमबार

सुन भेटिने बालुवामा प्याज खेती

चैत ५, २०८१
काठमाडौं
सुन भेटिने बालुवामा प्याज खेती

वर्षामा आएको बाढीले कैयौँ बिघा खेतलाई बालुवामा परिणत गरिदिन्छ तर पनि किसान लत्तो छाड्दैनन् । उनीहरूको मेहनतले बालुवामा सुन फल्छ । त्यस्तै उदाहरणीय काम सुन भेटिने कर्णाली नदीको बालुवामा भएको छ । 

कर्णाली नदीआसपास बसोबास रहेको सोनहा जातिले नदीको बालुवा चालेर सुन निकाल्ने गर्छन् । बालुवा चालेर सुन खोज्ने र त्यसबाट गुजारा गर्ने उनीहरूको परम्परागत पेसा हो । किसानले बालुवमा गरेको प्याज खेती सुन जस्तै लाग्न थालेको छ ।

कर्णाली नदीको बगर उपयोगमा छैन । धेरै ठुलो बगर क्षेत्र नाङ्गो भएपछि स्थानीयले प्याज खेतीको परीक्षण गरेका थिए । केही वर्षअघि नदीको बालुवामा थोरै प्याज लगाएर परीक्षण गर्दा अन्यत्रको भन्दा राम्रो फलेको किसानको भनाइ छ । त्यसपछि प्रत्येक वर्ष प्याज लगाउन थालेको कृषक प्रेम चौधरीले बताए। गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्