१२ असार २०८३, शुक्रबार

स्रोत नखुलेको रकम सहित एक जना पक्राउ

बैशाख ७, २०८२
रौतहट
स्रोत नखुलेको रकम सहित एक जना पक्राउ

रौतहट । मौलापुर नगरपालिका-६ पथराबुधरामबाट स्रोत नखुलेको १० लाख नेपाली रूपैयाँ सहित भारत मोतिहारी ग्राम पोष्ट थाना कुन्डवा चैनपुर बस्ने २३ वर्षीय राज किशोर ठाकुरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०५ एसी ९४७७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा सिट मुनि राखिएको झोलाबाट उक्त नगद फेला पारी चालक ठाकुरलाई पक्राउ गरेको हो ।  
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्