०७ असार २०८३, आइतबार

लेक लागेर बिरामी परेका २ पर्यटकको उद्धार

बैशाख ८, २०८२
ताप्लेजुङ
लेक लागेर बिरामी परेका २ पर्यटकको उद्धार
फाइल फोटो

कञ्चनजङ्घा बेस क्याम्प जाने क्रममा लेक लागेर बिरामी भएका २ फ्रान्सेली पर्यटकको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

फ्रान्सेली नागरिक ४९ वर्षीय रज्जुक कैस र ७२ वर्षीया नाडिन डेनिस एन्जेल मिशेल गत बुधबार  कञ्चनजङ्घा बेस क्याम्प गएको र सोही क्रममा लेक लागेका कारण बिरामी भएका थिए ।

दुवै जना फक्ताङलुङ गाउँपालिका– ६ स्थित घुन्साको एक गेस्ट हाउसमा बसिरहेका थिए । 

घटनाबारे आज इलाका प्रहरी कार्यालय घुन्सामा जानकारी प्राप्त भएपछि उद्धारका लागि प्रहरी टोली खटिएको थियो ।

थप उपचारका लागि आज दिउँसो मनाङ एयरको हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

कमेन्ट गर्नुहोस्