०९ असार २०८३, मंगलबार

गगन थापाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

बैशाख १४, २०८२
काठमाडौं
गगन थापाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलना मुद्दा दर्ता भएको छ।

महामन्त्री थापाविरुद्ध आइतबार अदालतको अवहेलनासम्बन्धी मुद्दा दर्ता भएको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए । 

प्रवक्ता कुइँकेलका अनुसार अधिवक्ता अनन्तराज लुइँटेल, अभिमा उप्रेती र विशाल थापाले महामन्त्री थापाविरुद्ध निवेदन दर्ता गराएका हुन् ।

वैशाख ११ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा थापाले संवैधानिक निकायका ५२ जना पदाधिकारीको मुद्दामा मोलतोल गरिएको आरोप लगाएका थिए । थापाको अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै उनीहरू रिट दर्ता गराएका हुन् । 

थापाले अदालतले डिल गरेको, झुलाएर राखेको, हेर्दाहेर्दैमा राखेको, नभ्याइनेमा राखेको जस्ता विषयले अदालतको विश्वसनीयतामा प्रश्न उठाएको टिप्पणी गरेका थिए ।

’आइतबार हेरुम, पख्लास् शुक्रबारसम्म भनेर अल्झाइरहेको छ । अदालतले डिल गर्‍यो अब त्यसको विश्वसनीयता के रहन्छ ?,’ थापाले भनेका थिए, ‘दुई/तीन वर्षदेखि तलाईं हान्दिउँ भनेर झुलाएर राखेको छ । कहिले हेर्दाहेर्दै भन्छ, कहिले हेर्न नभ्याइने भन्छ । कहिले भोलि हेर्ने भन्छ,  त्यसले अदालतको विश्वसनियतामा प्रश्न गराउँछ ।’

salt training

कमेन्ट गर्नुहोस्