११ असार २०८३, बिहीबार

कोरिया अध्यनमा जान एनओसी स्थगित

बैशाख ३०, २०८२
काठमाडौं
कोरिया अध्यनमा जान एनओसी स्थगित

नेपाली विद्यार्थीलाई वैदेशिक अध्ययनमा आकर्षक गन्तव्य रहेको दक्षिण कोरियाका लागि अध्ययन अनुमतिपत्र (एनओसी) वितरण स्थगित गरिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अर्को सूचना जारी नभएसम्मका लागि हालै एनओसी स्थगित गरेको हो । अध्ययनका लागि गएका विद्यार्थीले कोरियामा निकै हैरानी बेहार्नुपरेको भन्दै यसअघि विभिन्न गुनासा आउने गरेका थिए । 

कोरियास्थित नेपाली दूताबासमा समस्या लिएर आउने विद्यार्थी बढेपछि दूताबासले नेपालस्थित परराष्ट्र मन्त्रालयलाई जानकारी गराएको थियो । परराष्ट्र मन्त्रालयले पनि विद्यार्थीका गुनासा तथा उनीहरूले बेहोर्नुपरेका हैरानीका विषयमा जानकारी गराउँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई केही समयअघि पत्राचार गरेको थियो ।

 मन्त्रालयका अनुसार दक्षिण कोरियामा अध्ययनका लागि जान भन्दै पछिल्लो पाँच वर्षमा ३१ हजार ९७३ बटा एनओसी जारी गरिएको छ । जसमध्ये २०८१ सालमा मात्रै १० हजारको हाराहारीमा एनओसी जारी भएको छ । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्