
पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिवालय प्रमुख फणिराज पाठकलाई सोधपुछका लागि भन्दै प्रहरीले बोलाएको छ । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा बोलाइएको हो ।
काठमाडौं परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहोराले केही बेर अघिमात्रै पाठक परिसरमा उपस्थित भएको पुष्टि गरे ।
पछिल्ला दिनमा पाठकद्वारा जारी विज्ञप्तिमा शाहलाई ‘श्री ५ महाराजाधिराज’ भनेर विज्ञप्ति जारी हुँदै आएका छन् ।
गणतन्त्रमा पूर्वराजालाई वर्तमान जसरी नै संविधाले नै नचिन्ने ‘श्री ५ महाराजाधिराज’ भनेर किन विज्ञप्ति जारी गरेको भन्दै पाठकसँग सोधपुछ गर्न बोलाइएको परिसरका एक अधिकृतले बताए ।
प्रहरीले पाठकसँग पूर्वराजा शाहको संवाद सचिवालयको आधिकारिकताबारे समेत सोधपुछ गर्ने भएको छ ।