०५ असार २०८३, शुक्रबार

औषधि सेवनबाट गर्भपतन गराउने बढे

कात्तिक २०, २०७४
औषधि सेवनबाट गर्भपतन गराउने बढे
काठमाडौं, ७ माघ – औषधी सेवनबाट गर्भपतन गराउने संख्या बढ्दै गएको छ । जनस्वास्थ्य कार्यालयका सुचना अधिकारी हरिओम पोखरेलका अनुसार गत २ बर्षको अवधिमा ललितपुर जिल्लाबाट ४ हजार ९ सय ११ जनाले गर्भपपतन गराए । जसमा ३ हजारले औषधि सेवनबाट गर्भपपतन गराएको देखिएको खबर आजको कान्तिपुरमा खबर छापिएको छ ।

स्त्री रोग विशेषज्ञ डा. किरण रेग्मीका अनुसार अधिकांश किशोरीले डाक्टरको सल्लाहबिना मेडिकलबाट औषधि किनेर गर्भपतन गराउँछन् । यसले दिर्घकालीन रुपमै किशोरीको स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ ।

औषधि खाएर घरमै बसी गर्भपतन गराउन मिल्ने, गोप्यता कायम रहने भएकाले यो विधि अपनाउनेको संख्या बढेको छ ।

salt training

कमेन्ट गर्नुहोस्