
धनगढी २४ मंसिर– नेपाली कांग्रेसको गढ मानिएको कैलाली ५ मा वामपन्थी गठबन्धन विजयी भएपछि धनगढीमा विजय जुलुस निकालिएको छ ।
प्रधामनन्त्रीपत्नी समेत रहेकी डा आरजु देउवा राणालाई नेकपा एमालेका नारदमुनी राना थारुले झण्डै ५ हजार मतअन्तरले पराजित गरेका थिए ।
एमालेका नारदमुनीले २७ हजार २ सय २ मत ल्याउदा आरजुले २२ हजार ३ सय २२ मत पाएकी थिइन् ।