नर्वेकी राजकुमारी मेट्टे-मारिटका छोरा मारियस बोर्ग होइबीमाथि कुल ३२ वटा अपराधको आरोप लगाइएको छ ।
यसमा बलात्कारका चारवटा मुद्दा पनि समावेश छन् । यसबाहेक घरेलु हिंसा र आक्रमणका धेरै मुद्दाहरू रहेको द गार्जियनले जनाएको छ ।
मारियस होइबीलाई गत वर्ष अगस्ट ४ मा आफ्नी प्रेमिकामाथि आक्रमण गरेको आरोपमा पक्राउ गरिएको थियो । त्यसबेलादेखि प्रहरीले उनीसँग सम्बन्धित मुद्दाहरूको अनुसन्धान गरिरहेको छ ।
सरकारी वकिल स्टर्ला हेनरिक्सबोले मारियसमाथि धेरै महिलाहरूको जानकारी र सहमतिबिना उनीहरूको गुप्तांग गोप्य रूपमा खिचेको आरोप पनि लागेको छ । यी अपराधहरूको लागि उनलाई १० वर्षसम्मको जेल सजाय हुन सक्छ ।