
काठमाडौँ, २६ मङ्सिर- विगत चार वर्षदेखि नेपाली हवाई आकाशलाई कालो सूचीमा राख्दै आएको युरोपेली आयोगले नेपाललाई थप छलफलका लागि बोलाएको छ । गत साता आयोगले अन्तर्राष्ट्रिय सुरक्षा मापदन्ड पूरा नगरेका युरोपबाहिरका एयरलाइन्स कम्पनीहरूको सूची सार्वजनिक गरेको छ । २०७० मंसिर २० देखि लगाइएको प्रतिबन्धलाई पुनः निरन्तरता दिइएको छ । सूचीमा निरन्तरता दिएको इयूले नेपाल नागरिक उड्डयन प्राधिकरण नेतृत्वलाई जनवरी १५ मा छलफलको लागि बोलाएको खबर कारोबारमा छ ।