२४ जेठ २०८३, आइतबार

एकतर्फी प्रेमको पागलपन- टेलिफोन टावर चढेर युवकले गरे अनौठो हर्कत

भदौ ९, २०८२
काठमाडौं
एकतर्फी प्रेमको पागलपन- टेलिफोन टावर चढेर युवकले गरे अनौठो हर्कत

भारतको उत्तर प्रदेश, भदोही जिल्लामा आइतबार बिहान ठूलो हंगामा मच्चियो । 

एक युवक एकतर्फी प्रेममा परेर युवतीसँग विवाह गर्नुपर्ने अडानमा टेलिफोनको टावरमा चढेसँगै यस घटनाको चर्चा तीव्र छ । 

घटना कोतवाली क्षेत्रमा पर्ने सालिमपुर गाउँमा भएको हो । करिब बिहान ९ बजे याकुबपुरका पवन पाण्डे नामका युवक टेलिफोन टावरमाथि चढे र आफ्ना आफन्तलाई खबर गरे ।

घटना थाहा पाउनेबित्तिकै स्थानीय बासिन्दा, प्रहरी, दमकल टोली र एम्बुलेन्स घटनास्थल पुगे । केहीबेरमै ठूलो भीड जम्मा भयो । युवक पटक–पटक युवतीसँग विवाह गर्ने अडान दोहोर्‍याउँदै टावरबाट तल झर्न अस्वीकार गरिरहे । 

प्रहरी र गाउँलेहरूले उनलाई बुझाउने प्रयास गरे तर उनी करिब तीन घण्टासम्म टावरमै बसिरहे । 

अन्ततः प्रहरी र गाउँलेहरूको लगातार सम्झाइ-बुझाइ गरे र विभिन्न आश्वासनपछि मात्र उनी टावरबाट तल झरे । त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लियो । 

यस घटनाले गाउँ र आसपासका क्षेत्रमा घण्टौंसम्म त्रासपूर्ण माहौल सिर्जना गर्‍यो । प्रहरीले यस प्रकारको व्यवहार कानूनविपरीत हुने चेतावनी दिएको छ ।

प्रहरी क्षेत्राधिकारी अशोक मिश्राले युवकको एक युवतीप्रति एकतर्फी प्रेम रहेको र उसैसँग विवाह गर्ने चाहनाले यस्तो कदम चालेको जानकारी दिए । उनका अनुसार ती युवाले यसअघि पनि दुई पटक आत्मघाती कदम चालेका थिए । 

हाल प्रहरीले उनसँग सोधपुछ गरिरहेको छ । अब आवश्यक कानूनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्