२३ असार २०८३, मंगलबार

‘रासायनिक मल उद्योग सञ्चालन गर्ने जिम्मेवारी राज्यले लिनुपर्छ’

भदौ १४, २०८२
रूपन्देही
‘रासायनिक मल उद्योग सञ्चालन गर्ने जिम्मेवारी राज्यले लिनुपर्छ’

कृषि तथा पशु विकासमन्त्री रामनाथ अधिकारीले नेपालमा रासायनिक मल उद्योग (कारखाना) सञ्चालन गर्ने जिम्मेवारी राज्यले लिनुपर्ने बताएका छन् । 

नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३, रुपन्देहीले आज भैरहवामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले आफू मन्त्री बनिसकेपछि पटकपटक मन्त्रिपरिषद्मा यो विषय राखेको बताए । उनले रासायनिक मल उद्योग सञ्चालन गर्ने जिम्मेवारी राज्यले लिने विषयमा आवश्यक छलफल भइरहेको जानकारी दिए । 

“नेपालमा रासायनिक मल उत्पादन गर्ने कारखाना खोल्नका लागि कहाँ सम्भावना छ, अहिले त्यसको लगानी बोर्डले अनुसन्धान गरिरहेको छ”, मन्त्री अधिकारीले भने, “मलाई लाग्छ बढीमा दुई महिनामा लगानी बोर्डको निर्णय आउँछ ।” उनले आफू केही सकारात्मक परिवर्तन ल्याउनुपर्छ भनेर लागिपरेको बताउँदै मल व्यवस्थापन शीघ्र गरिने जनाए । 

मन्त्री अधिकारीले गत वर्ष रु २७ अर्ब बजेट मलखादका लागि छुट्याइएकामा यस वर्ष त्यसलाई बढाएर करिब रु २९ अर्ब पु¥याइएको जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्