०४ असार २०८३, बिहीबार

विश्व चेस च्याम्पियनशिपको लोगो कामसूत्र जस्तो, उठिरहेछ विवाद

विश्व चेस च्याम्पियनशिपको लोगो कामसूत्र जस्तो, उठिरहेछ विवाद

काठमाडौं, ६ पुस — ग्ल्यामरबाट टाढै रहने चेस खेलमा अहिले एउटा विवाद उठेको छ । वर्ल्ड चेस च्याम्पियनशिप २०१८ को लोगोले विवाद जन्माएको हो । 

लोगो सार्वजनिक हुनेबित्तिकै आलोचनाहरू आउन थाले । लोगोले चेस प्रतियोगिताभन्दा पनि कामसूत्रको याद दिलाएको मानिसको टिप्पणी थियो । 

लोगो हेर्दा थाहा लाग्छ, दुई शरीर एकअर्कासँग टाँसिएर बसेका छन् अनि दुवैको बीचमा चेस बोर्ड छ । चेस च्याम्पियन विश्वनाथन आनन्दले जोक गर्दै भने, ‘तपाईं चेस खेल्दा यस्तो पोजिसनमा हुनुहुन्छ भने सान्टा क्लाउजको गूड लिस्टमा पर्नुभएको बुझ्नुस् ।’

आनन्द लगायत धेरै चेस खेलाडीले लोगोमाथि आक्रोश व्यक्त गरेका छन् । धेरै खेलाडीले ट्वीट गरेर यसलाई अश्लील बताएका छन् । 

विश्व चेस प्रतियोगिता लन्डनमा ११ देखि ३० नोभेम्बरसम्म हुन लागेको छ । त्यसमा विश्वविजेता म्याग्नस कार्लसन र उनका च्यालेन्जरबीच भिडन्त हुनेछ । च्यालेन्जरको फैसला आगामी मार्च महिनामा हुने उम्मेदवार टुर्नामेन्टमा गरिनेछ । 

अचम्मको कुरा त आयोजकहरूलाई यस्तो विवाद आउला भन्ने पहिल्यै थाहा थियो । लन्डन शहर जस्तै विवादास्पद लोगो आफूहरूले ल्याउन चाहेको आयोजकहरू बताउँछन् । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्