२८ असार २०८३, आइतबार
अध्यात्मदर्शन

महाभारत ज्ञानमाला : युवावस्थामै सिंहासन त्याग- राजा पाण्डु किन बने वनवासी ?

असार ६, २०८३
काठमाडौं

महाभारतको आदिपर्वमा महाराज पाण्डुको जीवनवृत्तसम्बन्धी एउटा मार्मिक प्रसङ्ग आएको छ । उनी नियोग प्रथाअनुसार महर्षि व्यासजीको तर्फबाट जन्मेका कुरुवंशका प्रतिनिधि हुन्, जसलाई स्वर्गवासी राजा विचित्रवीर्यका कान्छी महारानी अम्बालिकाले जन्म दिएकी थिइन् ।

जन्मत: सोही विधिअनुसार विचित्रवीर्यका जेठी महारानी अम्बिकाका तर्फबाट जन्मेका धृतराष्ट्र उनीभन्दा जेठा हुन् । तथापि धृतराष्ट्र जन्मँदै नेत्रहीन भएकाले हस्तिनापुर राजघरानाको तर्फबाट उनी नै विचित्रवीर्यका उत्तराधिकारी घोषित भएका थिए ।

उनी पराक्रमी पनि थिए र दिग्विजयको क्रममा निकै देशलाई हस्तावलम्बन गरेका पनि थिए तर, किन्दम मुनिका श्रापका कारण उनले राजपाट त्यागी युवावस्थामै वानस्प्रस्थको आश्रय लिई सपरिवार वनतिर लागेका थिए ।

आजको भिडियोमा उनै पाण्डुको जीवनक हानीलाई इतिहास, दर्शन र विज्ञानको दृष्टिकोणबाट केलाउने प्रयास गरिएको छ ।

भिडियोलाई अन्तिमसम्म हेरेर कस्तो लाग्छ प्रतिक्रियाको अपेक्षा गरेको छु ।   

salt training

कमेन्ट गर्नुहोस्