३१ असार २०८३, बुधबार

‘एक बच्चा नीति’ अन्त्यपछि चीनलाई यसकारण टेन्सन

कात्तिक २०, २०७४
‘एक बच्चा नीति’ अन्त्यपछि चीनलाई यसकारण  टेन्सन
बेइजिङ, ११ माघ-चीनमा बहुचर्चित ‘एक बच्चा नीति’ अन्त्य गरिएपछि चीनको जनसंख्यामा तिव्र वृद्धि हुन थालेको छ । चीनमा गत वर्षको तुलनामा १३ लाख बढी बच्चा जन्मिएको जनाइएको छ ।china

चीन सरकारको आँकडाअनुसार चीनमा गत वर्ष ८४ लाख भन्दा बढी बच्चा जन्मिएका छन् । यो संख्या सन् २०१५ को तुलनामा ११ प्रतिशत बढी हो । यद्यपि यो वृद्धिदर अनुमान गरिएभन्दा कम हो । गत वर्ष जन्मिएका बच्चामा करिब आधाजति उनीहरुका आमाबाबुका दोस्रो सन्तान हुन्, आजको राजधानी दैनिकमा खबर छ ।

चीनले एक वर्षअघि एक सन्तान नीति अन्त्य गर्दै जनतालाई दुई बच्चा जन्माउने अनुमति प्रदान गरेको थियो । सन् १९७९ मा चीनले बढ्दो जनसंख्यालाई नियन्त्रण गर्न भन्दै एक बच्चा नीति लागु गरेको थियो । त्यसबेला चीनमा बच्चा जन्माउने दर अत्यन्त धेरै थियो । चीनका ग्रामिण क्षेत्रमा एक आमाबाबुका ५ जनासम्म औसत बच्चा जन्मिने गरेका थिए ।

यो नीतिपछि चीनमा जनसंख्या वृद्धिदरमा भारी मात्रामा गिरावट आउनुका साथै सबैले छोरामात्रै जन्माउने प्रचलन बढेको थियो । जसका कारण गर्भपतन गराउनेको संख्या अत्याधिक हुनुका साथै जनसंख्यामा प्यापक असन्तुलन पैदा भएपछि एक सन्तान नीतिलाई अन्त्य गरिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्