
काठमाडौं, २८ पुस– तराई मधेसका जिल्लाहरूमा बढेको चिसो र शीतलहरका कारण मृत्यु हुनेको संख्या २८ पुगेको छ । चिसोका कारण मर्नेमा पनि वृद्धवृद्धा र बालबालिका बढी छन् ।
शीतलहरका कारण चिसो लागेर सप्तरी र रौतहट जिल्लामा मानवीय क्षति बढी भएको भएको छ । सप्तरीमा ११ जना र रौतहटमा आठ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, सर्लाहीमा तीन र सिराहामा दुई जना, पर्सा, कपिलवस्तु, महोत्तरी र धनुषामा एक–एक जना गरी नौ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । चिसोबाट बालबालिका र वृद्धवृद्धा नै बढी प्रभावित भएका छन् ।