१२ असार २०८३, शुक्रबार

सरकारी कारबाहीमा २६ आतंककारी मारिए

पुस २९, २०७४
सरकारी कारबाहीमा २६ आतंककारी मारिए

काबुल, २९ पुस– अफगानिस्तानको सरकारी सुरक्षा निकायले देशभरका विभिन्न ठाउँमा गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा २६ आतङ्ककारी मारिएका छन् । 

गत चौविस घण्टाको अवधिमा भएका ती सुरक्षा कारबाहीका क्रममा अरु १६ जना आतङककारी घाइते भएका रक्षा मन्त्रालयले शनिबार जनाएको छ । 

अफगानी संयुक्त सुरक्षा फौजले मारिएका मध्ये १३ जना इस्लामिक स्टेट (आइएस) लडाकू रहेका जनाएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

सुरक्षाकर्मीले हातहतियार र विस्फोटक पदार्थसमेत नष्ट गरिदिएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्