२७ जेठ २०८३, बुधबार

राहुल गान्धीले लगाएको ज्याकेट १ लाख २५ हजारको हो ?

राहुल गान्धीले लगाएको ज्याकेट १ लाख २५ हजारको हो ?

प्रधानमन्त्री नरेन्द्र मोदीको कपडाको चर्चा बेलाबखत हुनेगरेको छ । तर एक सूटले पूरै चर्चा बटुलेको थियो । सूट यसकारण खास थियो किनकी यस सूटमा सुनौलो तारबाट नरेन्द्र मोदी लेखिएको थियो । 

यस सूटको लिलामी भयो र सूरतका हीरा कारोबारी लाजीभाइ पटेलले यसलाई ४.३१ करोड भरतीय रुपैमा किनेका थिए । 

मोदीको यो सूट पछि अब चर्चा एक ज्याकेटको भइरहेको छ । जसलाई मोदीले नभइ कांग्रेस अध्यक्ष राहुल गान्धीले लगाएका थिए । 

नागल्याण्डमा विधानसभा चुनाव हुँदै छ र यही सिलसिलामा कांग्रेसका नेता राज्यमा रहेका छन् । उक्त चुनावी अभियानको शुरुवात गर्नका लागि शिलान्गमा थिए । निलो जिन्स र कालो ज्याकेट लगाएर राहुल यो कार्यक्रममा पुगे र युवाहरुसँग कुराकानी गर्न लागेका देखिए । 

तर उनको तस्वीर सार्वजनिक भएसँगै उनको भन्दा धेरै ज्याकेटको चर्चा भएको थियो । 

भाजपा मेघालयले यो तस्वीर ट्वीट गरेको थियो र इ कमर्स कम्पनीको वेभसाइटको एक स्क्रीनशट पनि राखिएको थियो । जसमा राहुलले लगाएको ज्याकेटसँग मेल खाने तस्वीर राखिएको थियो । 

भाजपाको यो तस्वीरका साथ लेखिएको छ, के राहुल गान्धी जी, सूट बूटको सरकार खुला भ्रष्टाचारसँग मेघालयका सरकारी खजाना सफा गरिरहेको छ ? हाम्रो दुखमा गीत गाउनका सट्टा तपाई मेघालयको आफ्नो निकम्मा सरकारको रिपोर्ट कार्ड पेश गर्नु जुन राम्रो हुने छ ।’

यस पोस्टमा राहुलको तस्वीरका साथ जो ज्याकेटको फोटो पोस्ट भएको त्यसको माथि बरबेरी लेखिएको छ । साथमा लेखिएको छ हार्टले टू इन वा ज्याकेट । र, यसको मूल्य लेखिएको छ ९९५ डलर । जसको नेपाली रुपैया करिब १ लाख २५ हजार हुन जान्छ । 

राहुलले लगाएको ज्याकेटको आलोचना भइरहेको छ । उनले यसअघि फाटेको कमिज लागएको तस्वीर सार्वजनिक भएको थियो । आलोचकहरुले फाटेको कमिजबाट सिधैं १ लाखको ज्याकेटमा पुगेको भन्दै बधाइ र आलोचना गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्