
काठमाडौं — अमेरिकाको न्युयोर्कमा एक महिला चिकित्सकले रोगीहरूको अनौठो उपचार गर्ने गरेकी छन् । यसरी उपचार गर्ने चिकित्सक शायदै भेटिएलान् ।
यी चिकित्सकसँग उपचार गराउन पुरुषहरू लामो लाइन लगाएर बस्छन् ।
मनोचिकित्सक साराह ह्वाइटले उपचारको गजब ट्रेन्ड चलाएकी छन् । साराहले आफ्ना रोगीहरूलाई भेटेपछि एक एक गरी आफ्नो कपडा उतार्ने गरेकी छन् ।
साराहका अनुसार, यसरी उपचार गर्दा बिरामीलाई उपचारका सजिलो हुन्छ । उनीहरू खुलेर कुरा गर्न सक्षम हुने साराह बताउँछिन् ।
एक एक गरी कपडा उतारेर उनी लुकाउनका लागि केही पनि बाँकी छैन भन्न चाहन्छिन् । साराह भन्छिन्, ‘एक महिलालाई नग्न देखेर मर्द सही तरिकाले खुल्छन् र नहिचकिचाइकन आफ्नो कुरा भन्छन् ।’
साराहले पहिला रोगीहरूसँग आमनेसामने भएर कुरा गर्छिन् र त्यसपछिको प्रक्रियाका लागि वेबक्याम प्रयोग गर्छिन् ।
साराहले उपचारको एक सेसनका लागि सात हजार रुपैयाँ लिने गरेकी छन् ।
एजेन्सी