०५ असार २०८३, शुक्रबार

ह्वाइट हाउसबाहिर एक व्यक्तिले गरे आफैंलाई गोली प्रहार

फागुन २०, २०७४
ह्वाइट हाउसबाहिर एक व्यक्तिले गरे आफैंलाई गोली प्रहार

काठमाडौं, २० फागुन — अमेरिकाका राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसको उत्तरी क्षेत्रमा एक श्वेत व्यक्तिले आफैंलाई गोली हानेका छन् । सिक्रेट सर्भिसले यो जानकारी दिँदै गोली लागेपछि उक्त व्यक्तिको मृत्यु भएको बतायो । 

घटना हुँदा अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प फ्लोरिडामा थिए । 

ह्वाइट हाउसवरिपरि लगभग सयजना मानिसको भीडमा उक्त व्यक्तिले आफैंलाई गोली प्रहार गरेका थिए । 

सिक्रेट सर्भिसले व्यक्तिको पहिचान भएको बताएपनि उनको नाम खुलाइएको छैन । उनको परिवारलाई सूचित भने गराइएको छ । 

उक्त व्यक्ति उत्तरतर्फको घेराबन्दी भएको क्षेत्रतिर गए अनि उनले लुकाएर राखेको आफ्नो ह्यान्डगन निकालेर गोली चलाए । तर उनले कुनै पनि गोली ह्वाइट हाउसलाई ताकेर चलाएनन् । 

घटनामा अन्य कुनै व्यक्ति घाइते भएनन् । वाशिङटन डीसी मेट्रोपोलिटन प्रहरी विभाग यो गोलीकाण्डको जाँच गर्दैछ र सिक्रेट सर्भिस वाशिङटन फील्ड अफिसले यसमा सहयोग गर्दैछ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्