
काठमाडौं, २० फागुन — बेलायतकी एक महिलाले ८० जना विवाहित पुरुषसँग सम्बन्ध बनाएको कुरा स्वीकारेकी छन् । आफ्ना डाक्टर पतिको मृत्युपछि यसो गर्न शुरू गरेको उनको भनाइ छ ।
लुइस भ्यान डर वेल्डे नामक महिला ४३ वर्षकी भइन् र उनी दुई बच्चाकी आमा हुन् । उनी हरेक दिन अन्तिम जस्तो गरी बाँच्ने गरेको बताउँछिन् । त्यसैले उनले अनेकौं प्रेमीसँग सम्बन्ध बनाएकी हुन् ।
वेल्डे आफूलाई यौन तथा सम्बन्ध विशेषज्ञ, टीभी प्रस्तोता, लेखिका र सार्वजनिक वक्ता भन्छिन् । उनले प्रेमी तथा प्रेमिकाको खोजीमा हुने मानिसहरू भ्यालेन्टाइन्स डेका हप्ताहरूमा व्यस्त हुने गरेको बताइन् । त्यतिखेर मात्र
मानिसहरूलाई आफू नीरस सम्बन्धमा छु भन्ने थाहा हुने गरेको उनी बताउँछिन् ।
उनी भन्छिन्, ‘मेरा प्रेमीहरूका पत्नीहरूलाई आफूले धोका पाएको प्रायः थाहा हुन्छ तर उनीहरू यो हर्कतलाई बेवास्ता गरिदिन्छन् । महिलाहरूलाई आफ्ना पतिसँगको सम्बन्ध राम्रो छैन भन्ने थाहा भएकैले बेवास्ता गरेका हुन् ।’
वेल्डे थप्छिन्, ‘परम्परागत बिहेमा परामर्श प्रायः विफल भइरहेको हुन्छ । विगत १५० वर्षदेखिको परामर्श नमूना अहिलेसम्म चलिरहेको छ । प्रेमलाई दाम्पत्य जीवनमा भित्र्याउनका लागि अरू बाटा पनि छन् । यसैले गर्दा म आफ्नो
जीवन भरपूर जिउन चाहन्छु । म मानिसहरूलाई प्रेमको भविष्य मैले गर्नेजस्तै काममा छ भनेर बताउने गर्छु ।’
एजेन्सी