काठमाडौं, २ चैत–प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार सम्हालेको दिन सातवटै प्रदेशमा प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् सीटीइभीटीलाई विस्तार गर्ने बताएका थिए ।
सिपको विकासमा लागि प्रधानमन्त्रीले प्राथमिकता दिएपछि सीटीईभीटीका अधिकारीहरु हौसिएका छन् ।

प्रधानमन्त्रीले ले नै सात प्रदेशमा सीटीईभीटीलाई विस्तार गर्ने भनेपछि प्राविधिक शिक्षामा सरकार गम्भीर बन्ने देखिएको सीटीइभीटीका सदस्य सचिव पुष्परमण वाग्लेले बताए । लोकान्तर डट्कमको कार्यक्रम लोकान्तर सोमा बोल्दै वाग्लेले देशमा रोजगारीको अवसर बढाउन प्राविधक शिक्षाको ठूलो सहयोग पुग्ने बताए ।
अव सातैओटा प्रदेशमा प्रदेश कार्यलयको स्थापना गर्ने र विकट क्षेत्रमा पनि सीटीइभीटीको पहुँच अझ सशक्त बताएर लैजाने उनले बताए ।
नेपालमा भएका प्राकृतिक साधनलाई राम्रोसँग सदुपयोग गर्नको लागि नेपालमै दक्ष कामदारको आवश्क भएकाले अब सीटीइभीटीको ध्यान त्यस तर्फ भएको उनको भनाइ थियो ।
अहिले सामुदायीक विद्यालयमा सीटीइभीटीको प्राबिधीक शिक्षा पढाउन शुरु गरिएको पनि उनले जानकारी दिए ।