३१ जेठ २०८३, आइतबार

भ्रष्टाचारबारे इजरायलका प्रधानमन्त्रीलाई प्रहरीद्वारा सोधपुछ, यस्तो छ आरोप

चैत १२, २०७४
भ्रष्टाचारबारे इजरायलका प्रधानमन्त्रीलाई प्रहरीद्वारा सोधपुछ, यस्तो छ आरोप

जेरुसेलम, १२ चैत - इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उहाँका पारिवारिक सदस्यहरूलाई प्रहरीले सोमबार भ्रष्टाचारबारे सोधपुछ गरेको छ । 

देशको सबैभन्दा ठुलो दुरसंचार कम्पनीमा भएको अनियमिततामा उहाँ र उहाँका परिवारको संलग्नताबारेमा प्रहरीले सोधपुछ गरेको हो । 

प्रहरीले प्रधानमन्त्री नेतान्याहु सहित उहाँकी श्रीमती र उहाँको छोरासँग सोधपुछ गरेको इजरायली अधिकारीले जनाएका छन् । 

उहाँलाई जेरुसेलममा रहेको प्रधानमन्त्रीको सरकारी निवासमै पुगेर सोधपुछ गरेको एक जना प्रहरी प्रवक्ताले जानकारी दिएका छन् । 

प्रहरीले उहाँहरुलाई झण्डै चार घण्टासम्म सोधपुछ गरेर भ्रष्टाचारमा उहाँको संलग्नता भएको वा नभएको बारेमा अनुसन्धान गरेको ती प्रहरी प्रवक्ताले बताए । उही समयमा उहाँहरु तीनै जनालाई छुट्टा छुट्टै सोधपुछ गरिएको थियो । 

प्रधानमन्त्री नेतान्याहुलाई प्रधानमन्त्री निवासमै सोधपुछ गरिएपनि प्रधानमन्त्रीकी पत्नी सारा नेतान्याहुलाई भ्रष्टाचार विरुद्ध काम गर्ने निकायको कार्यालयमा र छोरा याइर नेतान्याहुलाई इजरायली सुरक्षा अधिकारीहरुको कार्यालयमा सोधपुछ गरिएको हो । 

भ्रष्टाचारको अभियोग लागेपछि नेतान्याहु र परिवारका अन्य सदस्यहरु अनुसन्धानको घेरामा परेका छन् भने यही विषयमा नेतान्याहु दम्पत्तिलाई दोस्रो पटक सोधपुछ गरिएको हो । 

प्रधानमन्त्री पुत्रलाई भने यस विषयमा पहिलो पटक सोधपुछ गरिएको प्रहरी अधिकारीहरूले बताएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्