२३ जेठ २०८३, शनिबार

प्रधानन्यायाधीशमा तीनजनाको नाम सिफारिस, सुनुवाइका लागि संसदीय समिति छैन

प्रधानन्यायाधीशमा तीनजनाको नाम सिफारिस, सुनुवाइका लागि संसदीय समिति छैन

काठमाडौं, १३ चैत– न्याय परिषदले सर्वोच्च अदालतको प्रधानन्यायाधीशका लागि तीनजना न्यायाधीशको नाम सिफारिस गरेको छ । 

न्याय परिषदको आज (मंगलवार) बसेको बैठकले तीन जनाको नाम संवैधानिक परिषद्मा पठाउने निर्णय गरेको हो । 

परिषद्का सचिवले निवर्तमान प्रधानन्यायाधीश गोपाल पराजुलीलाई चैत १ मा अबकास पत्र थमाएपछि सर्वोच्च अदालतको नेतृत्व कामु प्रधानन्यायाधीश दीपकराज जोशीले गर्दै आएका छन् । भावी प्रधानन्यायाधीशका लागि जोशीसहित ओमप्रकाश मिश्र र चालेन्द्रशमशेर जबराको नाम सिफारिस गरिएको हो ।   

न्यायपरिषद्को सिफारिशका आधारमा संवैधानिक परिषद्ले प्रधानन्यायाधीशको लागि एक जनाको नाम संसदीय सुनुवाई समितिमा पठाउँछ । बरिष्ठतम न्यायाधीशलाई प्रधानन्यायाधीश सिफारिश गर्ने विगतको प्रचलन छ ।

प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने संवैधानिक परिषद्मा सभामुख, प्रतिपक्षी दलको नेता, उपसभामुख र कानून मन्त्री सदस्य रहने व्यबस्था छ । संसदीय सुनुवाई समितिले नाम अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने व्यवस्था छ । 

संसदीय सुनुवाइ समिति छैन

परिषद्ले प्रधानन्यायाधीशको नाम सिफारिस गरे पनि सुनुवाइका लागि संसदीय सुनुवाइ समिति भने गठन भइसकेको छैन् । फागुन २१ गतेदेखि शुरु भएको संसदले संसदीय समिति गठन गरिसकेको छैन । 

प्रतिनिधिसभा कार्यसञ्चालन नियमावली बनाउन एक समिति गठन गरेको छ । एमाले सांसद कृष्णभक्त पोखरेल संयोजकत्वको समितिले नियमावली बनाए पछि मात्र समिति गठन प्रक्रिया शुरु हुनेछ । 

समितिलाई नियमावली बनाउन एक महिनाको  समय दिइएको छ । नियमावली पारित भएपछि मात्र समिति गठन हुने र सुनुवाइको काम हुने छ ।

salt training

कमेन्ट गर्नुहोस्