१७ असार २०८३, बुधबार

कमरेडको मन दुःखेको बेला

कमरेडको मन दुःखेको बेला

तपाई नआउने ?
आउँदिन–आउँदिन । मेरो म्याद सिद्धियो , फागुनसम्म हेर्नु भनेको हो, चैत लागेपछि आउँदिन । 
त्यसो भए अब कसलाई भन्ने त ?
केपी ओलीलाई भन्नुस् । 

सभामुख कृष्णबहादुर महराले बोलाउको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमालेको तर्फबाट गइरहेका व्यक्ति नपुगेपछि स्वभाविक हो, सभामुखको सचिवालयले सोध्ने नै भयो । तर जवाफ यस्तो जाँदा फोन गर्ने कर्मचारी दंग परे । जवाफ दिने नेता हुन् भानुभक्त ढकाल । संसदीय दलमा एमालेको प्रमुख सचेतक र सचेतक चयन गरिसकेको छैन । 

यसअघि प्रमुख सचेतक रहेका ढकाललाई अर्को व्यवस्था नभएसम्मका लागि सोही भूमिकामा रहनु भनेर पार्टी अध्यक्ष तथा प्रम केपी ओलीले अह्राएका थिए तर अहिले ढकालको तर्क छ, मलाई फागुनसम्मका लागि भनिएको हो । चैत लागिसक्यो ।’

हिजो जनआस्थासँग पनि भने, अहिलेसम्म मैले गरे अब आउनुहुने साथीले गर्नुहुन्छ ।’
 

salt training

कमेन्ट गर्नुहोस्