२६ जेठ २०८३, मंगलबार

कडा सैनिक सुरक्षाका बीच गृहनगर पुगिन् मलाला

कडा सैनिक सुरक्षाका बीच गृहनगर पुगिन् मलाला

पाकिस्तान, १७ चैत-महिला शिक्षाका लागि गरेको योगदानबापत नोबेल शान्ति पुरस्कार प्राप्त गर्न सफल पाकिस्तानी प्रसिद्ध अधिकारकर्मी मलाला युसुफजाई शनिबार पाँच बर्षपछि आफ्नो गृहनगर स्वेट उपत्यका पुगेकी छन् ।

महिला शिक्षाका लागि गरेको योगदानको कदर गर्दै उनलाई १७ बर्षको उमेरमै नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो । उनी सबैभन्दा कम उमेरमा नोबेल शान्ति पुरस्कार पाउन सफल व्यक्ति हुन् । 

मलालासहित गृहनगर पुगेपछि उनका आमाबाबु तथा दुईभाइ सेनाको कडा सुरक्षा घेरामा बसी खुशी साटेका थिए । उनले आफन्त तथा छिमेकीसँग लामो समयपछि भेटेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । 

सेनाको हेलिकोप्टरमा इश्लामावादबाट मिउत्तरपश्चिमी क्षेत्र मिङ्गोरामा केहीसमय बसेपछि शनिबारै १३ किलोमिटर टाढा रहेको उनको विद्यालय स्वेट क्याडेट कलेज गुली वागमा पुगेर सन् २०१२ को अक्टोबर ९ सम्मसँगै अध्ययन गरेको सबै केटासाथीसँग पनि  भेटेकी छन् ।

मलालामाथि आठबर्ष पहिले तालिवान समर्थक एक व्यक्ति उनको स्कूल बसमा चढी मलाला भन्ने केटी को हो भन्दै टाउकोमा गोली हानेको र उनलाई तत्कालै सेनाको सहयोगमा अस्पताल लगी उपचार गरिएको थियो । चामत्कारिक रूपमा उनको उपचारमा सफलता मिलेकाले बचाउन सकिएको थियो । 

बिहीबार आँखाभरी आँसुपार्दै हाल बेलायतको अक्सफोर्ड विद्यालयमा अध्ययन गरिरहेको भए पनि स्वदेशमा फर्केर सेवा गर्ने इच्छा रहेको बताउँदै अध्ययन पूरागरेपछि स्थायी रूपमा स्वदेशमा नै रहेर काम गर्ने बताएको पाकिस्तानी टेलिभिजनमार्फत प्रशारित भाषणमा बताएकी थिइन् ।

मलालाको विश्वभर प्रशंसा गरिए पनि उनका घरेलु आलोचकले भने उनी पश्चिमाहरूको दलाल बनेर आएको भन्दै यसबाट पाकिस्तानको शिर झुकेको बताउने गर्छन् । यसैले उनी रुढीवादी तालिवानलगायतका समूहको निशाना बन्दै आएकी छन् । 

पर्यटकको लागि सुन्दर, सफा हिमालयन दृष्यरहेको उक्त क्षेत्रमा सन् २००७ देखि पाकिस्तानी तालिवान समूहको आधारइलाका बनाइएको थियो । तर उनीहरूको वर्वर, पासविक तथा कपटी शासनका कारण अपार पर्यटकीय सम्भावना रहेपनि सुरक्षाको दृष्टिकोणले यहाँ पर्यटक आउन भने समस्या हुनेगरेको छ । 

सन् २००९ मा सेनाले तालिवान लडाकूलाई यस क्षेत्रबाट धपाएको भएपनि यदाकदा उनीहरूले गाउँलेमाथि देखाउने दुब्र्यबहारका कारण सरकारले उक्त क्षेत्रमा पर्यटकलाई नजान सल्लाह दिने गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्