०१ असार २०८३, सोमबार

पोप फ्रान्सिसको सन्देश : सिरियामा नरसंहार अन्त्य होस्

चैत १९, २०७४
पोप फ्रान्सिसको सन्देश : सिरियामा नरसंहार अन्त्य होस्

काठमाडौं, १९ चैत– सिरियामा जारी नरसंहार रोक्न धर्मगुरु पोप फ्रान्सिसले आह्वान गरेका छन् । ईष्टर पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै धर्मगुरु फ्रान्सिसले सिरियामा जारी नरसंहार रोक्न आह्वान गरेका हुन् । 

उनले कोरियाली प्रायद्वीपमा शान्ति स्थापना गराउनका लागि वार्ता गर्न आह्वान गर्दै दक्षिण सुडान तथा प्रजातान्त्रिक गणतन्त्र कंगोका मानिसको घाउ पनि निको पारिदिन ईश्वरसँग प्रार्थना गर्ने बताएका छन् ।

पोप फ्रान्सिसले आफूले दिएको सन्देशको शक्तिले अभावको सामना गरिरहेकाहरूलाई आशा दिने दाबी गरेका छन् । भ्याटिकन सिटीस्थित सेन्ट पिटर्स स्क्वायरमा हजारौँ मानिस पोप फ्रान्सिसको सन्देश सुन्न भेला भएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्